सप्तरीका ७१ जना कोरोना जितेर घर फर्किए
राजविराज । सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरुबाट आएका कोरोना भाइरस संक्रमित मध्ये हालसम्म ७१ जना निको भएर घर फर्केका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाका अनुसार शनिवार साँझा एक महिलासहित १४ जना कोरोनालाई जितेर निको भएका छन् । छिन्नमस्ता गाउँपालिकाका ५, राजविराज नगरपालिकाबाट ३ जना, हनुमाननगर कंकालिनी नगरपालिकाबाट ५ जना र शम्भुनाथ नगरपालिकाबाट आइसोलेसनमा भर्ना भएकाहरु निको भएर घर फर्केका छन् ।
कोरोना भाइरस (कोभिड–१९) व्यवस्थापन समितिका संयोजक डा. झाका अनुसार १ सय ५४ हालसम्म आइसोलेसनमा भर्ना भएका छन् । हाल ८३ जना उपचारको क्रममा रहेका छन् ।
राजविराज स्थित साईकृष्णा अस्पतालमा भर्ना भएकाहरुमध्ये गत सोमवार १३ जना निको भएर डिस्चार्ज भएका थिए । उनका अनुसार जिल्लाको विभिन्न स्थानीय तहहरुबाट कोरोना संक्रमित भई आएकाहरुमध्ये ७१ जना विभिन्न समयमा निको भएर घर फर्केका छन् । निको भएर घर फर्किन लागेकाहरुलाई निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाले पुष्प गुच्छासहित अबीर लगाएर विदाई गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्