स्पेनिस ला लिगा फुटबलमा चार खेल हुँदै
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज विभिन्न चार खेलहरु हुँदैछ ।
कोरोना भाइरसको महामारीबीच सुचारु लिग अन्तर्गत आज एट्लेटिको मड्रिडले रियल भायाडोलिटको सामना गर्नेछ ।
एट्लेटिकोको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे ४५ बजे सुरु हुनेछ ।
चौंथो स्थानको एट्लेटिकोले ४९ अंक जोडेको छ ।
घरेलु मैदानमा जित निकाले सेभियालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा उक्लने छ ।
भायाडोलिट ३३ अंक जोडेको १५ औं स्थानमा रहेको छ ।
यस्तै स्पानियोलले घरेलु मैदानमा लेभान्टेको सामना गर्नेछ ।
ला लिगा अन्तर्गत नै एथ्लेटिक बिल्बाओले रियल बेटिससँग खेल्दा गेटाफे र इबरबीच प्रतिस्पर्धा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्