तपाईँ सुन्दै हुनुहुन्छः

तीन महिनामा मेची भन्सारको राजश्व लक्ष्यभन्दा धेरै कम

झापा । देशको पूर्वी नाकामा रहेको मेची भन्सार कार्यालयले पछिल्लो तीन महिनामा लक्ष्यभन्दा धेरै कम राजश्व संकलन गरेको छ ।

विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस रोकथाम नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन चैतदेखि जेठसम्मको तीन महिनामा लक्ष्यको एक तिहाइभन्दा कम राजश्व संकलन गरेको छ ।

ती तीन महिनामा ३ अर्ब २४ करोड ४७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ९८ करोड रुपैयाँ मात्र संकलन भएको कार्यालयले जनाएको छ । यसबाट २ अर्बभन्दा बढी राजश्व घाटा भएको भन्सार प्रमुख ध्रसवराज विश्वकर्माले जानकारी दिनु भयो ।

उहाँका अनुसार चैतमा ४७ करोड, वैशाखमा ७ करोड र जेठमा ४४ करोड राजस्व संकलन भएको छ । चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि मेची भन्सार कार्यालयमा माघदेखि नै राजश्वमा गिरावट आउन थालेको थियो ।

लकडाउनका कारण नाकाबाट आयात निर्यात ठप्पजस्तै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button