तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट बच्न स्वास्थ्य र सुरक्षा सामाग्री सहयोग

मुगु । कोभिड– १९ बाट बिश्व जगत नै प्रभावित भएको बेला मुगु जिल्लामा कोरोना रोग बाट बच्नका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले मुगु जिल्लाका स्थानीय सञ्चार कर्मीहरुलाई सेनिटाईजर, माक्स उपलब्ध गराएको छ ।

यसैगरी, नेपाल फोटो पत्रकार महासंघ केन्द्रिय कार्यालयले १३ वटा प्रेस जकेट उपलब्ध गराएको छ । जिल्लामा उपलब्ध गराइएका प्रेस जकेट हरु फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य राज बहादुर शाहीले नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल लाई आज गमगढी स्थित चन्दनाथ होटेलमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भयो ।

आजै अध्यक्ष मल्लले मुगु जिल्लाका क्रियासील पत्रकारहरुलाई एन ९५ माक्स, सेनिटाईजर लगायत जकेट बितरण गर्नु भयो ।

बिश्व जगत नै कोरना भाईरसको महामारी बाट आक्रान्त बनेको परिपेक्ष्यमा मुगु जस्तो दर्गम जिल्लामा काम गर्ने पत्रकारहरुलाई थोरै भएपनि राहत स्वरुप स्वास्थ्य सामाग्रीहरु र प्रेस जकेटको ब्यबस्था भएपछि स्थानीय सञ्चारकर्मीहरु खुशी भएका छन ।

फोटो पत्रकार महासंघ केन्द्रिय समिति र नेपाल पत्रकार महासंघ कर्णाली प्र्रदेस महासचिव दिपेन्द्र शर्माका पहलमा सुरक्षा सामाग्री उपलब्ध गराईएको बताईउको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button