लागूऔषधसहित पक्राउ

पर्सा । बीरगंज महानगरपालिका १६ स्थित मितेरी पुलबाट विहिबार एपीएफ टोलीले ९ बोतल कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका ३ बस्ने २८ वर्षिय अख्तर अली मनसुरी र २३ वर्षिय सोहेल मिया मनसुरी छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । उनीहरुको साथबाट चार वटा मोवाईल सेटसमेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।
साथै धनुषा जिल्लाको नगराईन नगरपालिका १ स्थित हासपट्टीबाट विहिबार नै एपीएफ टोलीले एक्जीप्लोन कफ सीरप ५० बोतल, नाईट्राभेट ट्याब्लेट १ सय ५ वटा र ६४ वटा स्पास्मो प्रोक्सीभन प्लस बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामा र राजश्व वेश जनकपुरबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै लागूऔषध ल्याउने व्यक्तिहरु त्यसवेला उक्त लागूऔषध सोही ठाँउमा छाडि फरार भएका थिए ।
बरामद लागूऔषध एपीएफ टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।








प्रतिक्रिया राख्नुहोस्