तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा थपिए ३४ जना कोरोना भाईरस संक्रमित

रौतहट । रौतहटमा बिहीबार ३४ जनामा कोरोना भाईरसको संक्रमित रहेको पुष्टि भएको छ । यससंगै रौतहटमा कोरोना भाईरसको संक्रमित हुनेको संख्या १ हजार ९४ पुगेको छ ।

थपिएकामा इशनाथ नगरपालिकाका २३ जना, राजपुर नगरपालिकाका ७ जना, गौर नगरपालिकाका ३, परोहा नगरपालिकाका १ जना, रहेका छन । जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत किरणनीधि तिबारीले संक्रमितको संख्या थपिदै गएको बताउनु भयो । उहाका अनुसार भारत बाट रोजगारी गरेर घर फर्कदा सम्बन्धित पालिकाको क्वारेन्टाईनमा बसेकाहरुमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

कोरोना भाईरसको लक्षण नदेखिएपनि संक्रमण देखिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण देखिएका ३४ जना लाई नै आईसोलेसनमा राखेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button