तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा जीप र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका ६ लालपुरमा आज जीपले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो करिब २ बजे बा २० च ५१२८ नम्वरको जीप ले से ४ प ७३९८ नम्वरको मोटरसाइलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट जोशीपुर गाउँपालिका २ का ३३ वर्षिय गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको साथ बाट मतदान परिचयपत्र भेटिएको र त्यसैको आधारमा सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनु भयो ।

जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button