तपाईँ सुन्दै हुनुहुन्छः

अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषबाटै उद्धार गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा रहेका अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न सरकारलाई आदेश दिएको छ ।

सर्बोच्च अदालतका न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको हिजोको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले योगदान गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गर्ने गरी उद्धार गर्न आदेश दिएको सर्बोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

करारको अवधि नपुगी फर्किनुपर्ने, गन्तव्य मुलुक वा रोजगारदाताबाट हवाई टिकट नपाउने, आफ्नो खर्चमा स्वदेश फर्किन नसक्ने र कुटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने भनी प्रमाणित भएका कामदारलाई स्वदेश फर्काउनु सरकारको दायित्व भएको सर्वोच्चले उल्लेख गरेको छ ।

अधिवक्ता सोम लुइँटेलले वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट विदेशमा अप्ठेरोमा परेका नेपाली कामदारको उद्धार गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button