प्रदेशसभा सदस्य गुरुङ्गद्वारा सञ्चारकर्मीलाई कोरोना सुरक्षा समाग्री हस्तान्तरण

बारा । जोखिम मोलेर समाचार संकलन र सम्प्रेषण गर्दै आएका बाराका सञ्चारकर्मीहरूलाई प्रदेशसभा सदस्य सिता गुरुङ्गले कोरोनाबाट बच्न सुरक्षा सामग्री प्रदान गर्नुभएको छ ।
प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य गुरुङ्गले पत्रकार महासंघ बारालाई कोरोनाबाट बच्ने सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो । जिल्लाका सञ्चारकर्मीहरुलाई कारोना संक्रमणको समयमा समाचार संकलन गर्न सहज होस् भन्ने अभिप्रायले सुरक्षा सामाग्री हस्तान्तरण गरिएको बताउँनुभयो ।
अम्लेखगंजमा एक कार्यक्रमका बिच प्रदेशसभा सदस्य गुरुङ्गले टेलिभिजनका लागि जोखिम मोलेर समाचार संकलन र सम्प्रेषण गर्ने १० जना सञ्चारकर्मीहरुलाई पि.पि.ई सेट, के.एन ९५ मास्क , सेनिटाईजर र हेन्ड ग्लब्स् हस्तान्तरण गर्नुभयो । साथै अन्य सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुका लागि ३० थान के.एन ९५ मास्क र सेनेटाईजर प्रदान गरिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले जानकारी दिनुभयो ।
जिल्ला मैं पहिलो पटक यसरी सञ्चारकर्मीहरुको सुरक्षालाई मध्य नजर गरी सहयोग हस्तान्तरण गरिएकोमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष उपाध्यायले गुरूङ्गलाई धन्यवाद दिनुभएको थियो । यस अघि कोरोनाको बेलामा जोखिम मोलेर रिपोर्टिङ्ग गर्ने क्रममा पर्सामा दुई जना र बारामा एक जना गरी तीन जना सञ्चारकर्मीलाई कोरोना संक्रमण भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्