तपाईँ सुन्दै हुनुहुन्छः

‘आन्तरिक आम्दानी वृद्धि गर्न करको दायरा बढाइने’

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आन्तरिक आम्दानी वृद्धि गर्न करको दायरा बढाइने बताउनुभएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेट तथा कार्यक्रमका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले व्यवसाय गर्नेहरुले राज्यका कुनै न कुनै निकायमा दर्ता हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारले बजेटमा आन्तरिक राजश्व रु चार अर्ब ६० करोड ८५ लाख सङ्कलन गर्ने लक्ष्य लिएको बताउँदै उहाँले राजश्वको दायरा फराकिलो पार्ने र दहत्तर बहत्तरलाई थप व्यवस्थित गरेर आम्दानी वृद्धि गरिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button