सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ३४७ पुगेको छ ।
आज कैलालीका १० जना र कञ्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनु भयो । संक्रमित मध्ये ३ महिला र १४ जना पुरुष रहेका छन् ।
हाल सम्म सबैभन्दा बढी कैलालीका १०३ जना, कञ्चनपुरमा ७३, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्