तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीका ६१ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्के, ४ सय ४९ जना उपचाररत

सर्लाही । सर्लाहीमा दिन प्रति दिन कोरोना संक्रमित बिरामीहरु बढि रहेको छन । हाल सम्म २० पालिकाहरु मध्ये लालबन्दी नगरपालिका बाहेकको १९ पालिकाहरु गरी कोरोना संक्रमित संख्या ५ सय १० पुगेको छ ।

सर्लाहीमा कोरोना संक्रमित बढे सँगै घर फर्कनेको संख्या पनि बढिरहेको छ । ५ सय १० संक्रमित मध्ये हाल सम्म ६१ जना कोरोना संक्रमित बिरामीहरु उपचार पश्चात निको भएर डिस्चार्ज भएका छन । ६१ जना संक्रमितहरु सर्लाही, जनकपुर, काठमाडौं, बारा र बिरगंज बाट उपचार पश्चात निको भएर डिस्चार्ज भएका हुन ।

सबै भन्दा बढि मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको अस्थाई विशेष कोरोना अस्पताल बाट आइतबार सम्म ४२ जना, जनकपुरमा रहेको आइसोलेसन वार्ड बाट १५ जना, काठमाडौं बाट २ जना, बाराबाट १ जना र बिरगंज बाट १ जना गरी जम्मा ६१ जना कोरोना संक्रमित बिरामीहरु उपचार पश्चात निको भएर घर फर्किसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।

जम्मा संक्रमित मध्ये ६१ जना फर्कि सकेपछि अहिले ४ सय ४९ जना कोरोना संक्रमित बिरामीहरु मलंगवा, हरिपुर लगायत अन्य स्थानमा उपचाररत रहेको प्रजिअ जिसीले बताउनु भयो । सर्लाहीमा कोरोना संक्रमित बढे सँगै उपचार पश्चात निको भएर घर फर्किनेको पनि संख्या बढिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button