तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा थप ९८ जना कोरोना भाइरसका सङ्क्रमण पुष्टि

रौतहट । रौतहटमा आज एकै दिन थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै रौतहटमा सङ्क्रमितको सङ्ख्या आठ सय ६९ जना पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सोमबार थपिएका कोरोना भाइरसको सङ्क्रमितमा ईशनाथ नगरपालिका ३३ जना, यमुनामाइ गाउँपालिका ४७ जना, राजपुर नगरपालिका आठ जना, राजदेवी नगरपालिका नौ जना, फतुवा विजयपुर नगरपालिका ए जना रहेका छन् ।

रोजगारी गरेर भारत बाट घर फर्केर आउने क्रममा सम्बन्धित नगरपालिकाले उनीहरू लाई क्वारेन्टाईनमा राखेपछि पिसिआर परीक्षणको लागि स्वाब निकाल्दा उनीहरूमा कोरोनाको सङ्क्रमण देखिएको हो ।उनीहरूको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोरोना सङ्क्रमित देखिएका उनीहरू लाई आइसोलेसनमा राखिनेछ ।

डाक्टरहरूको प्रत्यक्ष निगरानीमा उनीहरूलाई राखिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button