पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव भेटियो
मेलम्ची । आइतबार पौडी खेल्ने क्रममा इन्द्रावती खोलाले बगाएका किशोरको शव आज भेटिएको छ ।
मेलम्ची नगरपालिका-११ बगैँचा बस्ने निरञ्जन श्रेष्ठको छोरा वर्ष १८ को सिर्जन श्रेष्ठ को शव चौतारा साँगाचोकगढी नगरपालिका-११ नम्बर वडाको इन्द्रावती बगरमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
पौडी खेल्ने क्रममा इन्द्रावती खोलाले बगाएर हिजो उनी बेपत्ता भएका थिए । स्थानीयले खोला बगरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव पोस्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । आज नै शव परिवारलाई जिम्मा प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्