बाँके, बर्दिया र रुकुममा सात जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँके, बर्दिया र रुकुममा आज सात जना कोरोना सङ्क्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका दुई र राप्तीसोनारी गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिकाका तीन जना र रुकुमको सानी भेरी एक जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।
पेटको समस्या भएका रुकुमका ८२ वर्षीय सङ्क्रमितको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्