वन अध्यक्षलाई फसाउन जुक्ति सिकाउने पत्रकारलाई कारवाही माग
कञ्चनपुर । वैज्ञानिक वन व्यवस्थापनमा आधारित कञ्चनपुरका ८ वटा सामुदायिक बन उपभोक्ता समुहले पत्रकार नवराज धानुकलाई कारवाही गर्न संयुक्त रूपमा माग गरेका छन् ।
वैज्ञानिक बन व्यवस्थापनमा आधारित कञ्चनपुरका कृष्ण, ग्वासी, जगदम्बा मयुर, सिंहपुर, रामनगर, सिता, हरियाली र महाकाली सामुदायिक बन उपभोक्ता समुहले पत्रकार नवराज धानुकलाई कारवाही गर्न संयुक्त प्रेस विज्ञप्ति जारी गरी माग गरेका हुन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित बैजनाथ सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बहादुर सिंह महरा विरुद्ध षड्यन्त्र मुलक योजना बनाई चरित्र हत्या गर्ने प्रयास गरेकोले पत्रकार धानुकलाई कारवाही गर्न सामुदायिक बनहरूले माग गरेका हुन् ।
यही जेठ १८ गते वैजनाथ सामुदायिक वन समुहमा वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत भइरहेको वन कटानको रिपोर्टिङ गर्न पुगेका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिंह महरा विरूद्ध सोझा महिलालाई फकाएर बलात्कारको आरोप लगाई फसाएर जेल चलान गर्नुपर्ने सर्बसाधारणलाई जुक्ति सिकाएको अडियो टेप रेकर्ड बाहिरिएको थियो ।
यस विषयले समाजमा अनैतिक गतिविधि गर्न प्रेरित गरेको भन्दै विवाद सृजना भएको हो ।








प्रतिक्रिया राख्नुहोस्