तपाईँ सुन्दै हुनुहुन्छः

बाँके, बर्दिया र रोल्पामा ४२ जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँके, बर्दिया र रोल्पामा आज ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका १९ जना , रोल्पाका १७ जना र बर्दियाका छ  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाका १५ जना , खजुरा गाउँपालिकाका तीन जना  र नेपालगन्ज उपमहानगरपालिकाका एक  जना सङ्क्रमण देखिएको हो ।

त्यस्तै  रोल्पाको सुनिल स्मृति गाउँपालिकाका १२ जना र  रोल्पा नगरपालिकाका पाच  जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसै गरी बर्दियाको बारबर्दिया नगरपालिकाका छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button