बाँके नरैनापुरका एक सय १७ जना कोरोना सङ्क्रमित डिस्चार्ज
नेपालगन्ज । कोरोनाको हटस्पट बनेको बाँकेको नरैनापुर गाउँपालिकाका सबै एक सय १७ जना कोरोना सङ्क्रमित एक महिनाको अवधिमा डिस्चार्ज भएका छन् ।
नेपालगन्ज, कोहलपुर र दाङका विभिन्न आइसोलेसन अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत उनीहरू सबै निको भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेका दुई सय ९६ कोरोना सङ्क्रमित मध्ये हालसम्म एक सय ७० जना कोरोनालाई जितेर घर फर्केका छन् ।
एक जनाको भने कोरोनाका कारण मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्