गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ९७ पुग्यो

पर्वत । पर्वत जिल्लामा आज थप चार जना कोरोना सङ्क्रमित थप भएका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहान प्रेस विज्ञप्ति प्रकाशित गर्दै चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएको हो ।
सङ्क्रमित हुनेमा कुस्मा नगरपालिका–१० पिपलटारीका ६ वर्षिया एक जना बालक र १७ वर्षीय एक जना किशोरी, पर्वतकै जलजला गाउँपालिका–१ बाँसखर्कका १७ वर्षीय एक जना पुरुष र महाशिला गाउँपालिका–५ लुङ्खुका १६ वर्षिया एक जना किशोरमा कोरोनाको सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
पर्वतमा योसँगै सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । आज सङ्क्रमण देखिएकाहरूलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यस्तै नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व मध्य बिन्दु नगरपालिका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ९७ पुगेको स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्