निजगढ नगरपालिकाद्वारा नीति कार्यक्रमका लागि सुझाव संकलन
बारा । बाराको निजगढ नगरपालिकाले आर्थिक २०७७।०७८ को लागि वार्षिक नीति तथा कार्यक्रम बनाउन आज सुझाव संकलन गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रमका विषयमा बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, व्यवसायी, पत्रकार लगायतसँग छलफल गरेको थियो ।
आज भएको छलफलबाट राम्रो सल्लाह सुझाव प्राप्त भएको र यसलाई लागु गर्ने विषयमा कार्यपालिका बैठकमा छलफल गर्ने निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले जानकारी दिनुभयो ।
समाजिक दुरी कायम गरी गरिएको कार्यक्रममा सयौँको सङख्यामा सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्