तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कोरोना पोजेटिभको संख्या १२१ पुग्यो


सप्तरी । सप्तरीमा बिहीवारसम्म कोरोना भाइरस संक्रमितको संख्या १२१ पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार पछिल्लो पटक संक्रमित थपिएसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु १५ वर्षदेखि माथि र ३८ वर्षमुनिका रहेका छन । संक्रमितहरु अहिले क्वारेन्टाइनमै रहेका छन् ।

बुधवार छिन्नमस्ता गाउँपालिकामा एक महिलासहित छ जना र बोदेबर्साइन नगरपालिकामा तीन जना संक्रमति थपिएका थिए । नयाँ थप भएको संक्रमितहरुको पीसीआर परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । उनीहरु सबै जना भारतको विभिन्न स्थानबाट आएका व्यक्तिहरु रहेको बताउनुभयो ।

जिल्लाको बोदेबर्साइन नगरपालिकामा २४, डाक्नेश्वरी नगरपालिकामा १२, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कंकालीनी नगरपालिकामा १२, छिन्नमस्ता गाउँपालिकामा १५, राजविराज नगरपालिकामा १२, बलान बिहुल गाउँपालिकामा २७, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका, तिरहुत गाउँपालिका, शम्भुनाथ नगरपालिकामा एक÷एक र कञ्चनरुप नगरपालिकामा दुई जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताउनु भयो । जिल्लामा हालसम्म चार जना निको भएर घर फर्किसकेका छन् भने थप २० जनालाई डिस्चार्ज गर्ने अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button