क्वारेनटाइनबाट एक जना महिला भोगेपछि खोजी तीव्र
तुलसीपुर । तुलसीपुरको क्वारेनटाइनमा राखेकी एक महिला गए राती भोगेकी छन् । तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा माध्यमिक विद्यालयको क्वारेनटाइनमा राखेकी महिला गए राती भागेको प्रहरीले जानकारी दिएको छ ।
क्वारेन्टाईनबाट भागेकी २८ बर्षीया महिलाको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
खोजी कार्यका लागि प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
यसअघि पनि क्वारेनटाइनबाट भागेकी महिलालाई बिरुवाको डाँडाबाट फर्काएर ल्याइएको थियो ।
गत जेठ १९ गतेदेखि क्वारेन्टाईनमा श्रीमान् र श्रीमती बस्दै आएका छन् । क्वारेन्टाईनमा ६७ जना छन् ।








प्रतिक्रिया राख्नुहोस्