तपाईँ सुन्दै हुनुहुन्छः

अग्नी पीडितलाइ राहत वितरण

सप्तरी । सप्तरीका एक समाजसेवीले विभिन्न प्रकोपबाट पीडितका लागि राहत वितरण गरेका छन् ।

छिन्नमस्ता गाउँपालिका ५ लालापट्टीका ई. सूर्य नारायण यादवले स्व. आमा बुबाका नाममा धर्मी–हल्फा महिला विकास क्लबको स्थापना गरी आफ्नै व्यक्तिगत लगानीमा सोही संस्थामार्फत यादवले समाजसेवा कार्य अघि बढाएका हुन् ।

आगलागी, बाढी, शितलहर लगायतका विपत्तिमा गाउँगाउँमा पुगेर पीडितहरुलाई राहत सामग्रिी दिने कार्यलाई निरन्तरता दिँदै आएका उहाँले बुधबार पनि आगलागीबाट सर्वस्व गुमाएका विष्णुपुर गाउँपालिका ७ दलित बस्तीका आधा दर्जन पीडित परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, लत्ताकपडा, भाडावर्तन र खाद्यान्न बाँडेका छन् ।

गत जेठ १६ गते भएको आगलागीमा सो बस्तीका ६ घर खरानी भई पीडितहरुको बिचल्ली भएको थियो । दुई महिनायता उहाँले छिन्नमस्ता, अग्निसाइर कृष्णसवरण, महदेवा, तिलाठी कोइलाडी, राजगढ लगायतका गाउँपािलका तथा सुरुङ्गा नगरपालिका गरि ६६ परिवारलाई उहाँले आफ्नै लगानीमा भाडाकुँडा लत्ताकपडा झुल, त्रिपाल, खाद्यान्न सामाग्री तथा पीडित परिवारका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बाँढिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button