कालिकोटमा ट्रिपर दुर्घटना, दुईको मृत्यु, ११ जना घाइते
कालिकोट । कालिकोटमा आज ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् ।
भारतबाट आएका व्यक्ति लिएर कालिकोटको रासकोट नगरपालिकाको क्वारेनटाइनमा जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको ट्रिपर कर्णाली कोरिडोरको लालिघाटबाट कर्णाली नदिमा खसेर दुर्घटनामा परेको रडियो नेपालका सम्वाददाता अनन्त बरालले जनाएका छन् ।
घाइतेलाई जिल्ला अस्पताल कालिकोट लगिएको तथा बेपत्ताको खोजी कार्य भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्