भरतपुरबाट पेस्तोलसहित एक जना पक्राउ

चितवन । चितवनमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सुजन सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनलाई सोही स्थानबाट सोमबार अपराह्न ४ बजे पेस्तोल, फायर भएको गोली, खोका सहित पक्राउ गरिएको हो ।
सुनारको घरमा अवैध हातहतियार राखेको गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनको घरबाट ९ एमएम लेखिएको पेस्तोल एक थान, फायर भएको जस्तो देखिने गोली १० थान, खोका २ थान फेला पारिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई पक्राउ गरी हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा कारबाही हुनेछ । सो कसुरमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय हुने कानुनी व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्