दमकमा पिकअप गाडीको ठक्करबाट वृद्धको मृत्यु
झापा । झापाको दमकमा हिजो अपराह्न पिकअप गाडीको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–१ का ७८ वर्षीय दुर्गा प्रसाद अधिकारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार दमक–१ को भित्री सडक खण्डमा हिजो दिउँसो पौने ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च ९१७ नम्बरको पिकअपले ठक्कर दिँदा पैदल यात्री वृद्ध अधिकारीको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएका अधिकारीको स्थानीय लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।
ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्