विज्ञान तथा प्रविधि प्रतिष्ठानसम्बन्धी बनेको विधेयक पारित
पोखरा । गण्डकी प्रदेश विज्ञान तथा प्रविध प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । सोमबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सभामा पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
विधायन समितिबाट संशोधन र प्रतिवेदन सहित प्रस्तुत भएपछि उक्त विधेयकमाथि बैठकमा छलफल समेत भएको थियो । छलफलमा उठेका विषयमा उत्तर दिँदै मन्त्री विकास लम्सालले नेपाल सरकारको राष्ट्रिय आकांक्षा “समृद्ध नेपाल, सुखी नेपाली” लाई सार्थक रुप दिन उक्त विधेयक आवश्यक रहेको बताउनुभयो ।
विकास र प्रविधिको कारणले नै मूलुक विकासोन्मुख तर्फ गएको बताउँदै नेपालमा पलायन भएको बौद्धिक व्यक्तित्वलाई सक्रिय बनाउन यस विधेयक आवश्यक रहेको बताउदै आजको यूग विज्ञान र प्रविधिको युग भएकाले विज्ञान र प्रविधिको अधिकतम उपयोग बिना अबको विकास सम्भव नरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्