नागरिक स्तरबाटै योजनाको माग गर्न मेलम्ची नगरपालिकाको आह्वान
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नीति तथा कार्यक्रममा नागरिककै गुनासो सम्बोधन र प्रत्यक्ष लाभान्वित हुने योजनाको नागरिक स्तरबाटै माग गरेको छ ।
नगर पालिकाले सार्वजनिक सूचना जारी गर्दै आवश्यक योजना कार्यक्रमको नाम, लागत अनुमान साथै उक्त योजनाको औचित्य समेतलाई लिखित रूपमा माग गरेको हो ।
सरकारले जतिसुकै आकर्षक नीति तथा कार्यक्रम ल्याए पनि कुनै न कुनै क्षेत्रमा हरेक वर्ष नागरिकको गुनासो आउने गरेको छ । नागरिक स्तरबाटै नीति तथा कार्यक्रमको माग आउँदा नागरिकको समस्या सम्बोधन गर्न सजिलो हुने नगरपालिकाले जनाएको छ ।
योजनाहरूलाई सम्बन्धी वडामा वा लिखित रूपमा वा आफ्नो पालिकाको इमेल, dms.melamchimun@gmail.
यसरी नागरिक स्तर बाटै योजनाको माग गर्दा जनताहरूले प्रत्यक्ष रूपमा लाभान्वित हुने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्