तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरा । केआईसिह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका १० राईमा मालबहाक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ट्रक चालक ४८ वर्षीय जयदेव विष्ट पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको उक्त ट्रक अमरगढी नगरपालिका १० राईमा ट्रक गएराति नै दुर्घटना भएको हुनसक्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

ट्रक सडकबाट ४० मिटर तल खोलामा खसेको र दुर्घटनाको कारण ब्रेक फेल भएर हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button