सल्यानमा एकै दिन थपिए ३८ संक्रमित, संक्रमितको संख्या ८२
सल्यान । सल्यानमा एकै दिन ३८ कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३८ जनाका कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएका सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । संक्रमित हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका वडा न १ का १८, २० र ३४ वर्षका पुरुष, वडा न २ का २० वर्षिय पुरुष र २१ वर्षिया महिला रहेका छन् ।
यस्तै वडा न ३ का १४, १८, २४, २४, ३२, ३४, ३४, ३८, ४०, ४२ र ५७ वर्षका पुरष, वडा न ४ का २०, २१, ३०, ३०, ४२ र ५५ वर्षका पुरुष, वडा न ५ का १९ र २० वर्षका पुरुष र २१ वर्षिया महिला रहेका छन् ।
यस्तै वडा न ६ का १९, २०, २०, २०, २४, २४, २४, ३१, ३६, ४० वर्षका पुरुष, वडा न ७ का १९, २५ र २५ वर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शनिबार एकैदिन ३८ जना संक्रमति थपिएसँगै सल्यानमा संक्रमितको संख्या ८२ पुगेको छ ।
संक्रमित मध्ये बनगाड कुपिण्डे नगरपालिकाका ४२, दार्मा गाउँपालिकाका ९, कुमाख गाउँपालिकाका २ र कपुरकोट गाउँपालिकाका १ जना रहेको छन् ।
सक्रमितहरु मध्ये १३ जनाको सुर्खेत प्रदेश अस्पताल, १२ जना सल्यान अस्पताल र वाँकी ५७ जनाको सल्यान बहुमुखी क्याम्पसमा निमार्ण गरिएको आइसोलेसनमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्