तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको ७५ दिनपछि जनकपुरको बजार खुल्यो

जनकपुरधाम । कोरोनाको महामारी नियन्त्रण गर्न तथा सङ्क्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनको ७५ दिनपछि जनकपुरधामको बजार क्षेत्र आज बिहानदेखि खुलेको छ ।

बजार खुले पनि वर्षाका कारणले सामान्य नै रहेको छ । भिडभाड खास्सै देखिइएको छैन । जिल्ला सङ्कट व्यवस्थापन समिति तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, धनुषा चेम्बर अफ कमर्सको पहलमा बजार आज बिहानदेखि खुलेको हो ।

बिहानदेखि दिउँसो १२ः०० बजेसम्म मात्र बजार खुल्ला गर्ने निर्णय भएका थिए । बजार खोल्दा सुरक्षा सावधानी अपनाउने सहमति पनि भएका थिए । खास गरेर मास्क, सेनिटाईजर तथा हात धुनका लागि साबुन पानीको व्यवस्था गर्ने सहमति भएका थिए ।

यस अघि खाद्यान्न, औषधी, कृषिका उत्पादन तथा बजारीकरण गर्ने पसलहरू मात्र खुल्ला हुने गरेका थिए । अहिले पनि होटेल, सैलुन, मठ मन्दिर तथा मस्जिदहरू बन्द नै रहने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button