तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनालाई जितेर एकै दिन १३ जना डिस्चार्ज

नेपालगञ्ज । बाँकेमा आज १३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । नेपालगञ्जको खजुरारोडस्थित लायन्स डेण्टल अस्पताल र खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत १६ देखि ५५ बर्षका १३ जना आज निको भएर घर गएका हुन् ।

उनीहरु १४ देखि ३० औं दिनको अवधिमा कारोनामुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । लायन्स डेण्टलबाट नरैनापुर गाउँपालिकाका १२ जना पुरुष र क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ८ जोल्हनपुर्वाकी ५५ बर्षीया महिला निको भएर घर फर्केका हुन् ।

यो संगै बाँकमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ४१ पुगेको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो । नेपालगञ्जका २६ जना र नरैनापुरका १५ जना हालसम्म निको भएर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित २ सय ५५ जना छन् । एकजना संक्रमितको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button