तपाईँ सुन्दै हुनुहुन्छः

मृतक वडाध्यक्ष रानाको परिवारलाई पाँच लाख आर्थिक सहयोग

कञ्चनपुर  । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको परिवारलाई कृष्णपुर नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले क्वारेनटाइन व्यवस्थापनमा खटिएकै अवस्थामा हृदयाघातका कारण मृत्यु भएका वडाध्यक्ष रानाको आश्रित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख कर्णबहादुर हमालले जानकारी दिनुभएको छ ।

सङ्घीय र प्रदेश सरकारसँग समेत आर्थिक सहयोग उपलब्ध गराइदिनका लागि पहल गरिरहेको नगर प्रमुख हमालको भनाइ छ ।

भारतबाट फर्किएका नागरिकहरूलाई राख्नका लागि क्वारेनटाइन व्यवस्थापनको कार्यमा खटिएकै बेला यही जेठ १३ गते राति १०:५५ बजे बेहोस भई घटनास्थलमै वडाध्यक्ष रानाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button