तपाईँ सुन्दै हुनुहुन्छः

मृतक युवकको कोरोना नेगेटिभ

धनुषा । धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ ।

चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र गुरमैता (यादव) को घर आउने क्रममा जटहीनाकामा मृत्यु भएको थियो । उहाँका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै छ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भइ सो स्थानमा मृत्यु भएको थियो ।

यसैबीच शहीदनगर नगरपालिका किरियाखर्चका लागि मृतकका परिवारलाई रु एक लाख रकम दिने निर्णय गरेको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button