बाँकेमा थप ३ जना कोरोनामुक्त

बाँके । बाँकेका थप ३ जना आज कोरोनामुक्त भएर घर फर्किएका छन् । दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत नरैनापुर गाउँपालिकाका ३ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
वडा नम्बर १ का १८ वर्षीय पुरुष, वडा नम्बर ३ का २५ वर्षीय पुरुष र वडा नम्बर ५ का २० वर्षीय पुरुष आज कोरोनामुक्त भएर घर फर्केको श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूमा जेठ २ गते संक्रमण पुष्टि भएको थियो ।
यसअघि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगन्जको वडा नम्बर ७ का एक जना र वडा नम्बर ८ का २३ गरी २४ जना निको भएर घर फर्केका थिए । अब बाँकेका १ सय ४३ जना कोरोना संक्रमित उपचाररत छन् । एक जना संक्रमितको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्