दाङको बेलझुण्डीबाट कोरोना सङ्क्रमित निको भएर आठ जना घर जाँदै
तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज आठ जना कोरोना सङ्क्रमित निको भएर घर जाँदै छन् ।
दुई पटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई आज घर पठाउन लागिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिनुभयो ।
व्यवस्थापक वलीका अनुसार आज निको भएर घर जानेमा कपिलवस्तुका चार जना, बाँकेका तीन जना र दाङको गढवाका एक जना सहित आठ जना छन् ।
उनीहरूलाई आज दिउसो १२ः०० बजेसम्म औपचारिक कार्यक्रम गरेर बिदाइ गरिने छ ।
४५ जना मध्ये आठ जना निको भएपछि अब त्यहाँ ३७ जना कोरोना सङ्क्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्