तपाईँ सुन्दै हुनुहुन्छः

कैदीबन्दीको सुरक्षा आर्मीले गर्ने, प्रहरी क्वारेन्टाइन तिर जाने

बाजुरा । निमित्त प्रमुुख जिल्ला अधिकारी शमीर भण्डारीले कारागार सुरक्षामा नेपाली सेनाको सहयोग लिने बताउनुभएको छ । “ कोरोना अर्थात कोभिड १९ को संक्रमणका कारण बाजुरामा पछिल्लो समयमा देश बाहिरबाट आउनेको संख्या बढेकोले तत्कालका लागि मौजुदा प्रहरीलाई ब्यवथापन गर्न उक्त निर्णय गरेको बताउनुभएको छ । कम्तीमा १५ देखि २० हजार मानिस भारतबाट आउने अनुमान रहेको उहाँले बताउनुभयो । देश बिदेशबाट आएका नागरिकलाई १४ देखि २१ दिन सम्म अनिवार्य क्वारेन्टाईनमा राखिने छ ।

जिल्लाका अन्य ग्रामीण क्षेत्रका क्वारेन्टाइनमा आवश्यक सुरक्षा प्रत्याभुति दिलाउन तत्काल प्रहरी पठाउनु पर्ने अबस्था छ । मौजुदा प्रहरी दिनरात खटिएका छन् । हेल्पडेस्क देखि क्वारेनटाइन सम्म प्रहरी नै छ । सरकारको मापदण्ड अनुसार ब्यवस्थापन गर्न थप प्रहरी परिचालन गर्न पहल भैरहेको सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।

यसैगरी विगत लकडाउनको समयमा विहान सात बजे देखि बिहान ११ बजे सम्म दैनिक उभोग्यबस्तुका पसल खोल्ने निर्णय समेत भएको छ । त्यसैगरी क्वारेनटाइन सुरक्षाका लागि स्थानीय तहवाट स्वंसेवक परिचालन गर्नु अनुरोध गर्ने निर्णय भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुुभयो ।

“यस्तो महामारी प्रकोपको बेला केही हद सम्म भएपनि सेनाले कारागार सुरक्षा गर्छ । कारागारका १७ जना प्रहरी क्वारेन्टाइन सुरक्षाका लागि पठाउन जिल्ला सुरक्षा समितिले आजै निर्णय गरेको समजित गुल्मका गुल्मपति एबं सेनानी रबिन श्रष्ठले बताउनुभयो । कारागार शुरक्षा दिन हामी तत्पर छौं । ” तर, प्रक्रियामा कही दिन लाग्न सक्छ । श्रेष्ठले भन्नुुभयो बाजुरामा आजै थप ६८६ जना श्रमिकहरु भारतबाट जिल्ला भित्रिएका छन् । ८६ जना छिमेकी जिल्लाका छन् ,तिनिहरलाई आजै गृह जिल्ला पठाइएको छ । बांकी सबै बाजुराकै हुन् । यस्तो अबस्थामा सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गरौं ।

जिल्ला स्वस्थ्य कार्यालय बाजुराका प्रमुख एबं वरिष्ठ जनस्वास्थय अधिकृत दयाकृष्न पन्तका अनुसार बाजुरामा बुधबार सम्म ८५१ जना क्वारेनटाइनमा राखिएका छन् । जिल्लाभरी ७५ क्वारेन्टाइन छन् भने १४ सय वेड तयार पारिएको छ । प्रदेशवाट घरफर्किनेको संख्या दिन प्रति दिन बढिरहेको छ ।

हाल सम्मका क्वारेन्टाईनले धान्न नसक्ने हुदा अझै क्वारेन्टाईन थप गर्नुपर्र्नेे अवस्था छ । तर त्यसका लागी प्रयाप्त साधान श्रोत छैन । कोभिड १९ संक्रमणबाट नागरिक बचाउन स्थानीय तह सक्रिय भएर लागेका छन् । यद्येपी प्रदेश र संघबाट समयमा किट, पिसिआर र भिटिएम लगायतका स्वास्थ्य सामाग्री प्राप्त भएमा परिक्षण गरेर क्वारेन्टाइन पठाइन्थ्यो तर, हाल समान्य चेकजांच गरेर पठाउने गरेको कार्यालय प्रमुख पन्तले बताउनुुभयो ।

हामी संग भएको सबै प्रहरी जनशक्ती क्वारेन्टाइन लगायत जिल्लाको सुरक्षामा तैनाथ गर्ने छौ भने नेपाली सेनालाई कारागार सुरक्षाका लागि सहयोग मागेका छौं । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरिक्षक टंक प्रसाद भट्टराइले जानकारी दिनुभयो । बाजुरामा हाल २८१ जना प्रहरी दरबन्दी छ । ४१ जना विरामी विदा तथा लकडाउनका कारण बाहिर छन् । बाँकी सबै जिल्लामा कार्यरत रहेको प्रहरी नायब उपरिक्षक भट्टराइले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button