कृषि पेशालाई प्रोत्साहन गर्न अनुदानमा बिउँ र कृषि उपकरण बितरण

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले कृषि पेसालाई प्रोत्साहन गर्ने उदेश्यले अनुदानमा धानको बिउँ र कृषि उपकरण किसानलाई बितरण गर्न लागेको छ ।
धानमा ७५ प्रतिशत र कृषि उपकरणमा ८५ प्रतिशतमा जीतपुरसिमरा उपमहानगरपालिकाले बितरण गरिरहेको जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देबी चौधरीले जानकारी दिनुभयो ।
बितरण हुने धानको बिउँमा साबित्री, हर्दिनाथ १४४२ र हाईब्रिड रहेको छ । त्यस्तै कृषि उपकरणमा धान काट्ने मेसिन रिफर मेसिन, मकै रोप्ने मेसिन पिउसो सिडर, मिनी टिलर र झार गाडिने मेसिन बितरण गर्न लागिएको कृषि बिकास शाखा प्रमुख राधिका भारतीले जानकारी दिनुभयो । यी बिउँ र उपकरणहरु उपमहानगरपालिकाले कृषक, कृषि फर्म, कृषि समुह र कृषि सहकारीलाई बितरण गर्न लागेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्