तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । कैलालीको जानकी गाउँपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउपालिकाको सरस्वती मावि दुर्गाैलीस्थित क्वारेन्टिनमा रहेका थप दुई जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरु १ जना जेठ १ गते र अर्को जेठ ३ गते भारतबाट आएका हुन् ।

धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा जानकी गाउपालिका वडा नं ४ कञ्चनपुरका २५ र ३० वर्षिय युवकमा कोरोना संक्रमणको पुष्टि भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । यो संगै जानकी गाउपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

यस अघि वडा नम्बर ३ र ४ का १/१ र वडा नम्बर ७ का २ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । उनिहरु सबैको टीकापुर अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कडेलले जानकारी दिनुभयो ।

यस अघि कैलालीमा लम्की चुहा नगरपालिका र धनगढी उप–महानगरपालिकाका २÷२ जना कोरोना संक्रमित निको भएर घर फर्कीसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button