तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, एकै दिन थपिए १५६ जना

काठमाडौं- नेपालमा आज एकै दिन १५६ जनामा कोरोना भइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

बिहीबारमात्रै १५६ कोरोनाभाइरसका संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।

प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार धनुषा २९, रौतहट २०, झापा २५, दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, सर्लाही ७, सिरहा ६ दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।
जसमध्ये पुरुष ९४० र महिला १०२ जना छन् । ती मध्ये १८७ जना निको भएका छन् । ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालका ५१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button