तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको अवधिमा २३ हजार नागरिक नेपाल भित्रिए

नेपालगञ्ज । बाँकेका विभिन्न नाका भएर लकडाउनको अवधिमा २३ हजार नागरिक नेपाल भित्रिएका छन् ।

नेपालगञ्जको जमुनाहा नाकाबाट मात्रै चैत ११ गतेदेखि हालसम्म २२ हजार नागरिक नेपाल भित्रिएको बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो । त्यस्तै नरैनापुरका विभिन्न छोटी नाकाबाट करिब १ हजार मानिस नेपाल भित्रिएको उपाध्यायले जानकारी दिनुभयो ।

एक साता यता नेपालगञ्ज नाकाबाट मात्रै १० हजार मानिस नेपाल भित्रिएका छन् । अहिले दैनिक सरदर २ हजार ५ सय नागरिक नेपाल आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

भारतबाट आएका नागरिकहरुलाई सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर गन्तव्यमा पुर्याउने गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button