तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुबा पक्राउ

मेलम्ची । आफ्नै छोरीलाई बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीमा एक जना पक्राउ परेका छन् ।

छोरीलाई विगत देखिनै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाको आमाले प्रहरीमा उजुरी दिएपछि आज बालिकाको बुबालाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

पक्राउ परेको निजको थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button