शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको छुट्टाछुट्टै बैठकले पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
स्वर्गीय चौधरी २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्ला क्षेत्र नं. बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित, सांसद हुनुहुन्थ्यो ।
उहाँको यहि जेठ ९ गते ७० वर्षको उमेरमा बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिउसो २ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्