सुनसरी बासीले इदउल फित्र पर्व घरमा नैे प्रार्थना गरेर मनाए

सुनसरी। सुनसरी जिल्लाभरी नै ईस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान लकडाउनका बीचमा हर्सोउल्लासका साथ घरमा नैे प्रार्थना गरेर मनाएका छ ।
यहाँका मस्जिद इदगाहलगायत धार्मिक स्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नभई मुसलमान समुदायले इदउल फित्र पर्व घरमा नै प्राथना गरेर मनाएका छन् ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।
यसैबीच भोक्रहा नरसिंह गाउँपालिका ८ मा यसपाली कोरोना भाइरसको त्रासले गर्दा मुस्लिमहरुले इदगाह नगइकन आआफ्नै घरमा धुमधाम तरिकाले रमजानको इदुल फित्र पर्व मनाएको स्थानीय राम्जान मियाले जानकारी दिनुभयो ।
इदको अवसरमा भोक्राहा नरसिंहमा आयोजित इन मिल कार्यक्रममा अध्यक्ष महेन्द्र प्रसाद यादव, भोक्राहा ८ का वडा अध्यक्ष हातिम अन्सारी, ब्राइट नेपाल मोडेलका अजमल अन्सारी सहितकाले इदुल फित्रको शुभकामना व्यक्त गर्नुभयो ।
इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर्मालम्बीहरूको नवौँ महिनालाई ‘रमजान’ भनिन्छ । यो महिनाभर दिनभर केही पनि नखाइ निराहार रोजा अर्थात व्रत बस्ने गर्छन् । इस्लाम धर्मावलम्बीहरूको आठौँ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ । रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनुअघि हरेक दिन नियमितरूपमा नमाज पढ्ने चलन छ । रमजान सकिने दिन अर्थात् ३० दिनको रोजा सकिएको भोलिपल्ट धुमधाम तरिकाले खुशीयालीका साथ ‘इदउल फित्र’ पर्व मनाउने सो सोमबार इदउल फित्र पर्व मनाइएको हो ।








प्रतिक्रिया राख्नुहोस्