लागु औषधसहित एक युवक पक्राउ

लहान । भारतबाट प्रतिबन्धित लागु औषध र गुट्खा नेपाल ल्याउँदै गर्दा सिराहामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिराहा नगरपालिका– १७ लचक टोलमा सशस्त्र प्रहरीको टोलीले कोरेक्स र गुट्खासहित पक्राउ गरेको हो ।
हावाहुरी चलिरहेका बेला लचकाटोलका २० वर्षीय विजयलाल पासवानले कोरेक्स र विभिन्न नामका गुट्खा ल्याउँदै गर्दा पक्राउ परेको सशस्त्र प्रहरी बल बोर्डर आउट माडरका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताउनुभयो ।
पक्राउ परेका पासवानसँग बोरामा राखिएको ८० बोतल प्रतिबन्धित लागु औषध कोरेक्स, राज निवास गुट्खा एक सय ६८ प्याकेट, बिगबोस गुट्खा २९ प्याकेट र ठुलो अगरबत्ती १७ प्याकेट बरामद भएको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । बरामद गरिएको गुट्खा ४३ हजार पाँच सय मूल्य बराबरको भएको प्रहरीले जनाएको छ ।
गुट्खा सिराहा भन्सार कार्यालयमा बुझाइएको र लागु औषध कोरेक्ससहित पासवानलाई जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान गर्न बुझाइएको हो ।








प्रतिक्रिया राख्नुहोस्