धनुषाका सङ्क्रमित पत्रकारको सम्पर्कमा रहेका पत्रकारको रिपोर्ट नेगेटिभ

जनकपुरधाम । जनकपुरका सङ्क्रमित पत्रकार तथा पुस्तक व्यवसायीको सम्पर्कमा रहेका सबै पत्रकारहरूको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
जनकपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत पत्रकार र पुस्तक व्यवसायीको कन्ट्राक्ट्रेसिङ्ग आधारमा गरिएको ३० जना पत्रकारहरूको स्वाब सङ्कलन गरेर पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिनु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा सबै जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि पत्रकारहरू निक्कै खुसी भएका छन् ।
गत वैशाख ३० गते राती जनकपुरका पत्रकार र पुस्तक व्यवसायीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्राक्ट्रेसिङ्ग आधारमा जनकपुरका ३० जना सञ्चार कर्मीहरूको जेठ ५ गते स्वाब तथा थ्रोट सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको थियो ।
जनकपुरका पत्रकारहरू रिपोर्ट आउनमा ढिलाइ भएपछि निक्कै तनावमा रहेका थिए ।
यसअघि सङ्क्रमित सञ्चार कर्मी र पुस्तक व्यवसायीको परिवारका सबै सदस्यहरूको पीसीआर रिपोर्ट नेगेटिभ आई सकेको छ ।








प्रतिक्रिया राख्नुहोस्