तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बंगलादेश बैँकद्वारा कोरोना कोषमा १ करोड ४५ लाख सहयोग

काठमाडौं – नेपाल बंगलादेश बैंकले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय सरकारको करोना कोषमा एक करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो भने सातवटै प्रदेशको उक्त कोषमा ५ लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यकालयका सचिव नारायण प्रसाद बिडारीलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button