घाँस काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा घाँस काट्ने क्रममा बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीया सीता राईको मृत्यु भएको हो ।
रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइ-टेन्सन तारमा छुन जाँदा करेन्ट लागि सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।
शव दमौली अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्