थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४५७ पुग्यो

काठमाडौँ– थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५७ पगेको छ।
भेरी अस्पताल नेपालगञ्ज र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप तीनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ थपिएका तीन जनामध्ये एकजना बाँके नरैनापुर–३ का ३२ वर्षीय पुरुष, बाँकेकै खजुरा–३ की ४२ वर्षीय महिला र कपिलवस्तुको शुद्धोधन गाउँपालिकका १९ वर्षीय पुरुष रहेका छन्।









प्रतिक्रिया राख्नुहोस्