तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबास नगरपालिकाले स्थापना गरेको क्वारेनटाइनमा रहेकालाई होटेल विनायकको सहयोग

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाले स्थापना गरेको क्वारेनटाइनलाई सहयोग गर्न सहयोगी हात अगाडी बढेको छ ।

भारतलगायत देशका विभिन्न स्थानबाट आई क्वारेनटाइनमा रहेकाहरूलाई होटेल विनायक प्रा.लि.का सञ्चालक विष्णु खड्काले बिहीबारदेखि पोसिलो खाना, खाजा, तातोपानी खान इलेक्ट्रोनिक जग, खानेपानीको जार सहयोग गर्नुभएको छ ।

क्वारेनटाइन अव्यवस्थित भएको गुनासो बढेपछि होटेल सञ्चालक खड्काले व्यक्तिगत रूपमा आजबाट एक महिनासम्म क्वारेनटाइनमा आउनेहरूलाई निःशुल्क खाना, खाजा, खानेपानी, स्यानिटाइजर, मास्क सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी होटेल सञ्चालक खड्काले बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

यता, बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले नगरपालिकाले क्वारेनटाइन व्यवस्थित गर्न र कोरोना सङ्क्रमण परीक्षण गर्नको लागि पिसिआर मेसिन र ५० बेडको कोरोना अस्पताल बनाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button